अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : राष्ट्रपति राैहानी

फाइल तस्बिर

तेहरान - अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।

शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै राैहानीले इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको बताए। “अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,” उनले भने। अफगानिस्तान, चीन, पाकिस्तान, रूस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका छन्।

आर्थिक आतङ्कवाद इरानको अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनले रचेको चालवाजी भएको राैहानीकाे भनाइ छ।

प्रकाशित: २२ मंसिर २०७५ ०९:१९ शनिबार

इरान हसन_रौहानी