अन्तर्राष्ट्रिय

पद बहाली गरेको दश दिनमै माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

फाइल तस्बिर

नयाँ दिल्ली- माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्ने भएका छन्। पद बहाली गरेको दश दिनभित्रै उनी भारत भ्रमणमा आउने निर्णय भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। 

भारतको विदेश मामिला मन्त्रालयका उच्च अधिकारीका अनुसार सोलिह आगामी डिसेम्बर १७ तारिखका दिन भारत भ्रमणमा आउन लागेका हुन। नयाँ दिल्लीमा सोमबार दुई देशका विदेश मन्त्रीहरुका बीचमा छलफल भएपछि भ्रमणको टुङ्गो लागेको समाचारमा जनाइएको छ। 

मन्त्रीद्वयले दुई देशको जारी कार्यक्रमहरुका साथै नयाँ सहकार्यका क्षेत्रका बारेमा पनि छलफल गर्नु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनीहरूले आर्थिक सहयोग आदान प्रदान, व्यापारीक सम्वन्ध र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेकाे बताइएको छ। 

यसअघि साेलिहकाे सपथ ग्रहण समाराेहमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी माल्दिभ्स भ्रमणमा गएका थिए।

प्रकाशित: १० मंसिर २०७५ १६:०९ सोमबार

माल्दिभ्स