अन्तर्राष्ट्रिय

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

बेइजिङ- अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ। त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ। 

हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन्। 

चालु बर्ष २०१८ को पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले वृद्धि भएको छ। यसरी वृद्धि हुनेमा झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेश रहेको छ। 

कार्यस्थलमा स्वयमसेवकहरुलाई खटाइएको र उनीहरुसँग युवादेखि वृद्धवृद्धासम्मले यसबारेमा कुराकानी तथा छलफल गर्ने गरेका छन्। 

प्रकाशित: १० मंसिर २०७५ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App