अन्तर्राष्ट्रिय

भारतमा सुरक्षाफाैज र अातंककारीबीच गाेली हानाहान, १० जनाकाे मृत्यु

भारत - भारतको छत्तीसगढ स्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको झडपमा परी ८ आतंककारी तथा दुई सुरक्षकर्मीको मृत्यु भएको छ।

भारतीय अधिकारीले दिएको जानकारी अनुसार दुई पक्षबीच किस्टाराम थाना क्षेत्रमा सोमबार विहान गोली हानाहान भएको हो। घाइते एक आतंककारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १० मंसिर २०७५ ०८:११ सोमबार

भारत छत्तीसगढ झडप