अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तीमा पनि ६० जना भन्दा बढी घाइते भएका छन्। घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बीबीसीले जनाएको छ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन्। अफगानिस्तानमा तालिबान लगायत आतंकवादी समूहले बेला बेला बम विस्फोट गराउँदै आएका छन्। 

प्रकाशित: ४ मंसिर २०७५ १४:४५ मंगलबार

अफगानिस्तान बम_विस्फोट