अन्तर्राष्ट्रिय

२१ अर्ब डलरको आइपीओ जारी हुने

टोकियो – जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओमार्फत संकलन हुने रकमलाई विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति सेयर मूल्य १३ डलर तोकिएको छ । यो सेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो।

स्थानीय सञ्चार माध्यमका अनुसार सेयर जारी गरेपछि सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपछि मोबाइल युनिटमा व्यापक व्यवस्थापकीय स्वतन्त्रता प्राप्त हुने बताइएको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ०१:३१ मंगलबार

सफ्टबैंक जापान सेयर