अन्तर्राष्ट्रिय

राष्ट्रपति हत्या योजना बनाएको आरोपमा छ पक्राउ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों। तस्बिर : एजेन्सी

पेरिस – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको हत्या योजना बनाएको आशंकामा छ जनालाई पक्राउ गरिएको छ।

राष्ट्रपति हत्याको शंकास्पद योजनामा अधिकारीहरुले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

राष्ट्रपति म्याक्रोंविरुद्ध हिंसात्मक कार्य गर्न फितलो र तयारीबिना गरिएको शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा फ्रान्सका सुरक्षाकर्मीले ती व्यक्तिलाई पक्राउ गरेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। पक्राउ परेकाहरु अतिदक्षिणपन्थी समूहका सदस्य भएको फ्रान्सको बिएफएम टिभी च्यानलले जनाएको छ। यद्यपि ती व्यक्तिहरु को हुन् भन्नेबारे भने स्वतन्त्र पुष्टि नगरिएको रोयटर्सले उल्लेख गरेको छ।

राष्ट्रपति हत्याको योजना बनाएको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई फ्रान्सका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ। पक्राउ परेकाहरुबीच के कस्तो सम्बन्ध थियो र उनीहरु को हुन् भन्नेबारे भने तत्कालै प्रष्ट भएको छैन।

प्रकाशित: २१ कार्तिक २०७५ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App