अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री खान चीन भ्रमणमा

तस्बिर : एजेन्सी

काठमाडाैं - पाकिस्तानका प्रधानमन्त्री इमरान खान चार दिने पहिलो चीन यात्राका क्रममा शुक्रबार बेइजिङ पुगेका छन्। पाकिस्तानी प्रधानमन्त्री खानको चीन यात्रालाई विशेष महत्वका साथ हेरिएको छ। विशेष गरी भारतीय मिडियाहरुले उनको चीन भ्रमणमा विशेष चाँसो राखेका छन्। 

भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिंग र समकक्षी ली क्विंगसँग भेटवार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता पत्रमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री खानले चीनसँग आर्थिक सहयोगका लागि आग्रह गर्न सक्ने समेत बताइएको छ। खानले यसअघि साउदी अरबमा गरेको भ्रमणका दौरान करीब तीन अर्ब डलर को सहयोग प्राप्त गरेका थिए। दुई देशबीच सीपीइसीलाई लिएर भैरहेको विवादका विषयमा समेत छलफल हुन सक्ने पाकिस्तानी मिडियाहरुले बताएका छन्। 

 

प्रकाशित: १६ कार्तिक २०७५ ०९:१५ शुक्रबार

पाकिस्तान इमरान_खान