अन्तर्राष्ट्रिय

बम बनाउने क्रममा पड्किदा आमा र छोराछोरीको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्तिकै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। 

उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ। फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। 

सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ। तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ। 

फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासका अनुसार बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हाे। उनले आफ्नै घरमा बम बनाइरुहेका थिए। तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको युरासले बताए। बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका रहेका छन् । 

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरका छन्। उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन्। मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ। 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:३० बुधबार

अफगानिस्तान बम_विस्फाेट