अन्तर्राष्ट्रिय

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

मलेसिया – मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन्। प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल परेका थिए। जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका थिए।

उनी गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका थिए। सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ।

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ। मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो।

सोही सहमति बमोजिम नै उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उनी महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो। यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गरेका ९३ वर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताएका थिए।

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो। पछि उनीलाई काराबासको सजाय दिइएको थियो। महाथिरको सरकार बनेपछि उनी रिहा भएका थिए। भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ।

प्रकाशित: ३१ आश्विन २०७५ १०:१४ बुधबार

अन्बर_इब्राहिम मलेसिया प्रधानमन्त्री