अन्तर्राष्ट्रिय

चुनावी सभामा भएकाे विष्फाेटमा ज्यान गुमाउनेकाे संख्या २२ पुग्याे

काठमाडाें - अफगानिस्तानमा शनिवार एक चुनावी सभालाई लक्षित गर्दै गराइएको बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। अफगानी सञ्चार माध्ययमहरुले दिएको जानकारी अनुसार घटनामा परी अन्य दर्जनौं घाइते भएका छन्। अफगानिस्तानको उत्तर–पूर्वी राज्य तखारमा नाजिया यूसुफी बेकको चुनावी सभालाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो। अज्ञात समूहले मोटरसाइकलमा राखेको बम विष्फोट भएको हो। घटना कसले गराएको भन्ने बारे हालसम्म जानकारीमा आइनसकेको प्रहरीले जानकारी दिएको छ। अफगानिस्तानमा अक्टोबर २० मा संसदीय चुनाव हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: २८ आश्विन २०७५ ०६:२९ आइतबार

अफगानिस्तान बम_विष्फोट