अन्तर्राष्ट्रिय

पूर्व गृह राज्यमन्त्री सहित १९ जनालाई मृत्युदण्ड

ढाका–बंगलादेशको एक अदालतले सन् २००४मा ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरेको अभियोगमा १९ जनालाई मृत्यु दण्ड दिने फैसला सुनाएको छ।

मृत्युदण्डको सजाय सुनाइएकामा तत्कालीन गृह राज्यमन्त्री लुफोजामन बादार  पनि रहेको जनाइएको छ। त्यसबेला बंगादेश नेशनल पार्टी शक्तिमा थियो।

बंगादेशकी हालकी प्रधानमन्त्री शेख हशिना वाजिदको पार्टी अवामी लिगले सन् २००४ अगस्ट २१ मा आयोजना गरेको र्यालीपछिकाे शभामा ग्रिनेड प्रहार हुँदा २४ जनाको ज्यान गएको थियो भने सैयौ वँगाली घाइते भएका थिए। हजारौ समर्थकलाई वाजिदले संबोधन गरिरहेको समयमा ग्रिनेड प्रहार भएको थियो।
बंगलादेश नेशनल पार्टीले भने उक्त घटना आफ्नो पार्टीलाई बदनाम गर्न अरु कसैले गराएको भन्दै आएको छ।
   

 

प्रकाशित: २४ आश्विन २०७५ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App