अन्तर्राष्ट्रिय

चीनद्वारा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

प्रतिनिधिमुलक तस्बिर

जिक्वान- चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ। 

चिनियाँ अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ। 

लङ मार्च रकेटको यो २८६औं अभियान हो। 

प्रकाशित: २३ आश्विन २०७५ ११:४६ मंगलबार

चीन सेन्सिङ_उपग्रह अन्तरिक्ष