अन्तर्राष्ट्रिय

भारतमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि

नयाँ दिल्ली - भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ। साेमवार पेट्रोलकाे मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएकाे छ। नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ८२.०३ (नेरु १३१.२५) र डिजेलको मूल्य भारु ७३.८२ (नेरु ११८.११) पुगेको छ। मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ। सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भारु २.५० ले कटौती गर्ने घोषणा गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०८:३३ सोमबार

पेट्राेलियम_पदार्थ मूल्यवृद्धि