अन्तर्राष्ट्रिय

कङ्गोमा तेल ट्याङ्कर दुर्घटना, कम्तिमा ५० को मृत्यु

काठमाडाैं - कङ्गोको मध्यक्षेत्रमा रहेकाे एमबुबामा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने सयाैं व्यक्तिहरु अागाेमा परि जलेका स्थानीय अधिकारीले बताएका छन्। दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले बताए। पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठाेकिएकाे थियो। घटनास्थलका घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए। 

प्रकाशित: २० आश्विन २०७५ १५:११ शनिबार

कङ्गो आगलागी