अन्तर्राष्ट्रिय

पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज पक्राउ

तस्बिर : एजेन्सी

पाकिस्तान - पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ। शहवाजलार्इ शुक्रवार ‘अाशियाना हाउजिङ स्किम’ ल्याई भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानकाे राष्ट्रिय जवाफदेही व्युराेले पक्राउ गरेकाे व्युराेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। ६७ वर्षीय शहवाज पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। शहवाजमाथि पाकिस्तानको पञ्जाब प्रान्तमा गुणस्तरहीन ‘हाउजिङ स्किम’ ल्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ। पाकिस्तान मुस्लिम लिगका अध्यक्ष तथा पंजाब प्रान्तका पूर्व सिएम शहवाजलार्इ साफ पानी केसमा समेत भ्रष्टाचार गरेकाे अाराेप लगाइएकाे छ।

प्रकाशित: १९ आश्विन २०७५ १५:०४ शुक्रबार

पाकिस्तान शहवाज_शरीफ