अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

सिओल–दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ।

लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टिप्पणी गरेका छन्। कोरियामा जेल सजाय पाउने उच्च पदस्थ पूर्व अधिकारीमा उनी चौथो रहेका छन्।

 सिओल स्थित जिल्ला अदालतका न्ययधिशले दोषीलाई कडा कारवाही अपरिहार्य रहेको टिप्पणी गरेका छन्। लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो। तर सामसुङले भने यो अभियोगलाई अस्वीकार गर्दै आएको छ। 

 

प्रकाशित: १९ आश्विन २०७५ ०७:४१ शुक्रबार

दक्षिण_कोरिया पूर्व_राष्ट्रपति जेल