अन्तर्राष्ट्रिय

चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार जेम्स र ताशुकुलार्इ

स्टकहोम– यो वर्ष चिकित्सातर्फको नोबल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक ताशुकु होन्जोले पाउने भएका छन्।

शरीरको रोगप्रतिरोधी क्षमता विकास गरेर छालाको प्राणघातक क्यान्सर निस्तेज गर्न सकिने पद्धति विकास गरेका कारण उनीहरुलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबल पुरस्कार वितरक स्वीडिस एकेडेमीले जनाएको छ। 

विज्ञहरुले छालाको क्यान्सर निराकरणका लागि यो अत्यन्तै प्रभावकारी रहेको टिप्पणी गरेका छन्। १० लाख १ हजार डलर राशीको उक्त पुरस्कार पाउने एलिसन टेक्सास विश्वविद्यालयका प्राध्यापक हुन भने होन्जो क्योटोविश्व विद्यालयका प्राध्यापक हुन्। 

 

प्रकाशित: १५ आश्विन २०७५ १०:३५ सोमबार

नोबल_पुरस्कार जेम्स_पी_एलिसन ताशुकु_होन्जो