अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता हुने

काठमाडौ– चिसो संम्बन्धका बीच भारत र पाकिस्तानका विदेशमन्त्रीहरु वार्तामा बस्न तयार भएका छन्। आगामी साता हुने संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानका विदेशमन्त्री शाह महम्मद कुर्सीबीच अमेरिकामा साइडलाईन मिटिङ हुने निश्चित भएको हो। 

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि भारतसँगको संबन्ध सुधार गर्न पहल गर्दै आएका थिए। सेप्टेम्बर १३मा इमारानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्रलेख्दै पाकिस्तान आपसी छलफलका लागि तयार रहेको र यसमा अघि बढ्न भारतीय पक्षको प्रतिक्रिया अपेक्षा गरेका थिए। 

यसैको प्रतिक्रिया स्वरुप भारतीय विदेश मन्त्रालयले विहिबार भारत–पाक विदेशमन्त्रीबीच छलफल हुने निश्चित गरेको हो। भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभेश कुमारका अनुसार बैठकको दिन भने द्धिपक्षीय सहजताका आधारमा तय हुनेछ।इमरान प्रधानमन्त्री भएपछि यो नै पहिलो मन्त्रीस्तरीय भेटघाट हुनेछ।महासभा बैठकका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) परराष्ट्रमन्त्री स्तरमापनि अनौपचारिक बैठक हुने भएको छ।
 

 

प्रकाशित: ४ आश्विन २०७५ १२:१८ बिहीबार

भारत–पाक_संबन्ध साइडलाईन_मिटिङ शुष्मा_स्वराज शाह_महम्मद_कुर्सी