अन्तर्राष्ट्रिय

किम जोङ उन र मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ। भेटवार्ताका लागि उत्तर कोरिया पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुनलाई प्योङयाङमा नेता किमले स्वागत गरेका छन्।

वार्ता कोरियाली प्रायद्विपको निशस्त्रीकरणका लागि व्यवहारिक उपायका विषयमा केन्द्रित हुने अनुमान गरिएको छ।

सन् १९५३ मा कोरियाली युद्ध अन्त्य भए पनि दुई मुलुकबीच औपचारिक शान्ति सन्धी भएको छैन।

प्रकाशित: २ आश्विन २०७५ ०३:५१ मंगलबार

उत्तर_कोरिया दक्षिण_कोरिया भेटवार्ता