अन्तर्राष्ट्रिय

इक्वाडोरमा भूकम्प

क्युइटो- इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ। 

दक्षिण अमेरिकी यस देशको मध्य भाग नजिकै रहेको इलाकामा ९३.५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको थियो। 

स्थानीय अधिकारीहरूले यस भूकम्प ६.५ म्याग्निच्युडको भएको जानकारी दिएका छन्। इक्वाडोरमा सन् २०१६ को अप्रिल १६ मा तटीय प्रान्त मानाबीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो यसमा परी करीब ६७३ व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: २२ भाद्र २०७५ १०:५१ शुक्रबार

इक्वाडोर भूकम्प दक्षिण_अमेरिका