अन्तर्राष्ट्रिय

रोहिंग्याको सामूहिक हत्याबारे रिपोर्टिङ गर्ने दुई पत्रकारलाई सात वर्ष जेल

याङगुन- म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाँय तोकेको छ। अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकारलाई राज्यको कानून उल्ङघन गरेको भन्दै सजाँयको आदेश दिएको हो।

पत्रकार वा लोन र य्वा सिओ ओलेले राज्यका गोप्य दस्ताबेजहरुबारे खुलासा गरेको याङगुनको उत्तरी जिल्ला अदालतका न्यायाधीश यी लुइनले बताएका छन्।  

दुई प्रहरी अधिकारीले उत्तरी याङगुनको एक रेष्टुरेन्टमा ति पेपरहरु हातमा थमाएको र त्यसको केही क्षणमै अन्य अधिकारीले पक्राउ गरेको पत्रकारहरुले बताएका छन्।

रोयटर्सका सम्पादक स्टेफन जे एडलरले म्यानमारमा जे भयो त्यसले दु:खी बनाएको बताएका छन्। उनले भनेका छन्, 'यो म्यानमार र विश्व प्रेस जगतका लागि दु:खको विषय हो।'

अदालतले सजायँ दिएका ति पत्रकारहरुले रोहिंग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए। उनीहरुले रोहिंग्याहरुको सामूहिक हत्याबारे अनुसन्धान मुलक समाचार प्रकाशन गरेका थिए।

'हामीलाई कुनै डर छैन' वा लोनले भनेका छन्, 'मैले कुनै गल्ती गरेको छैन। म न्याय, प्रजातन्त्र र स्वतन्त्रतामा विश्वास गर्छु।'

रोहिंग्या माथि गरिएको दमनका कारण नोवेल शान्ति पुरस्कार विजेता म्यानमारकी विदेशमन्त्री आंङ साँङ सुकीमाथी राजीनामाको दवाव पर्दै आएको छ।

 

 

प्रकाशित: १८ भाद्र २०७५ ०५:१३ सोमबार

म्यानमार रोहिंग्या