अन्तर्राष्ट्रिय

पाकिस्तानका लागि अमेरिकी सैन्य सहायता रद्द

अमेरिकी सेनाले पाकिस्तानलाई दिँदै आएको ३० करोड डलर सहायता रकम रद्ध गरेको छ। अमेरिकी सेनाका अनुसार पाकिस्तान आतङ्कवादी समूहका विरुद्ध लड्न विफल भएको बताउँदै उक्त सहायता रकम रद्ध गरेको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानले अमेरिकासँग करोडौं रकम लिएर पनि धोका दिदै आएको आरोप लगाएका थिए। पेन्टागनका प्रवक्ताले अमेरिकी सेनाले अन्य आकस्मिक आवश्यकतामा त्यो रकम उपयोग गर्न चाहेको बताएका छन्।

पाकिस्तानले त्यस क्षेत्रमा रहेका आतङ्कवादी समुहलगायत हकानी गठबन्धन र अफ्गानी तालिवानलाई कार्वाही गर्न नसकेको भन्दै अमेरिकाले पाकिस्तानको आलोचना गरेको छ। आफ्गानिस्तानमा रहेका अमेरिकी सेनालाई लक्षित गरी आक्रमण गर्ने हकानी र अफ्गानी तालिवानलाई पाकिस्तानको गुप्तचर निकाय आईएसआईले पाल्दै आएको अमेरिकी आरोप छ।

प्रकाशित: १७ भाद्र २०७५ ०९:३७ आइतबार

सहायता रद्द अमेरिका पाकिस्तान