अन्तर्राष्ट्रिय

इस्लामिक स्टेटका प्रमुख मारिएकाे अफगानिस्तानकाे दाबी

काठमाडाैं - इस्लामिक स्टेटका प्रमुख अबु साद इराबी शैन्य कार्वाहिका क्रममा मारिएका अफगानिस्तानका अधिकारीहरुले बताएका छन्। शनिबार राती अफगानिस्तानको नान्गाहार प्रदेशमा भएको आक्रमणका क्रममा उनी सहित अन्य थप दश जना समेत मारिएका त्यहाँको राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ। उनीहरु लुकेर बसेको ठाँउमा अफगानिस्तान र अन्य देशको संयुक्त सैन्य बलले हवाई र स्थल आक्रमण गर्दा प्रमुख सहित अन्य विद्रोहिहरु मारिएको निर्देशनालयद्वारा आइतवार जारी विज्ञप्तीमा उल्लेख छ।

आक्रमणमणका क्रममा सैनिकले विद्रोहि समुहका थुप्रै हातहतियार समेत बरामद गरेको छ। नान्गाहार प्रदेश सरकारले इराबी २०१७ पछि मारिने इस्लामिक स्टेटका चौथा प्रमुख भएको बताएको छ। 

यता विद्रोहि समुहको समाचार संस्थाले भने घटनाबारे हालसम्म केहि पनि उल्लेख गरिसकेको छैन। नान्गाहार प्रान्त इस्लामिक स्टेटका बलियो पकड रहेको क्षेत्र समेत हो। अफगानिस्तानमा कति संख्यामा स्लामिक स्टेटका लडाकु रहेका छन् भन्न गारो भएपनि अमेरिकी सेनाले भने २ हजारको हाराहारीमा उनीहरुको संख्या रहेको अनुमान गरेको छ। अगस्ट महिनामा मात्रै हालसम्म १ सय ५० जना लडाकुले सेना समक्ष आत्मसमर्पण गरेका छन्।

 

प्रकाशित: १० भाद्र २०७५ १२:०६ आइतबार

अफगानिस्तान इस्लामिक_स्टेट