अन्तर्राष्ट्रिय

भेनेजुएलामा ७.३ म्याग्निच्युडको भूकम्प

कराकस- भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन्। 

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन्। भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ। 

भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। 

शक्तिशालीको यस कम्पनपछि सडक र पर्खालहरुमा चिराहरु देखा परेका बताइएको छ। यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुश गरिएको थियो। 

सो भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ। 

युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो। 

भूकम्पको विषयमा विश्वभरी नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ। 

प्रकाशित: ६ भाद्र २०७५ ०८:२८ बुधबार

भेनेजुएला भूकम्प म्याग्निच्युड