अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था थप नाजुक

काठमाडौं – भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको छ। उनको उपचार भइरहेको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सले एक वक्तव्य जारी गर्दै वाजपेयीको स्वास्थ्य अवस्था २४ घण्टा यता थप बिग्रिँदै गएको बताएको हो।

एम्सले जारी गरिएको वक्तव्यमा  ‘यो दुर्भाग्यपूर्ण हो कि बाजपेयीको अवस्था पछिल्लो २४ घण्टामा थप नाजुक भएको छ, भनिएकाे छ।’

भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका ९३ वर्षीय वाजपेयी मिर्गौला र छातिको समस्याबाट ग्रसित छन्। ९ हप्तादेखि एम्स अस्पतामा उपचाररत छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बेलुका वाजपेयीलाई अस्पतालमै पुगेर भेट गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०७५ ०६:२२ बिहीबार

भारत प्रधानमन्त्री अटल_बिहारी_वाजपेयी