इन्डाेनेसिया - इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।
उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन् ।घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।
प्रकाशित: २१ श्रावण २०७५ ०३:३० सोमबार