अन्तर्राष्ट्रिय

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

लेज मुन्भेस

वासिङ्टन – अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सिबिएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। 

यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन्। आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरुले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन्। सिबिएसका प्रमुख कार्यकारी लेज मुन्भेसले आफूहरुमाथि यौन दुव्र्यवहार गरेको ६ जना महिलाले आरोप लगाएपछि सोही संस्थाका निर्देशकहरुले मुन्भेसमाथि छानबिन गर्ने बताएका हुन्।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरान आफूहरुलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन्। गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ। यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उनले खण्डन गरेका छन् । आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको उनले बताएका छन्।

यौन दुव्र्यवहार गरेको आरोपपछि मुन्भेसले सिबिएसको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन्। तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ।

 

प्रकाशित: १३ श्रावण २०७५ ०४:५० आइतबार

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप