अन्तर्राष्ट्रिय

पाकिस्तानमा इमरान खानकाे पार्टी अग्रस्थानमा

तस्बिर : बिबिसी

 इस्लामावाद - पाकिस्तानमा बुधबार भएकाे अाम निर्वाचनको मतगणना भइरहेको छ।

 बुधबार बेलुका ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू भएकाे थियाे ।  अहिलेसम्म कुनै पनि स्थानकाे अन्तिम नतिजा सार्वजनिक भने भएकाे छैन ।

विभिन्न अवराेधका बीच निर्वाचन आयोगले बिहीबार बिहानसम्म एक ठाउँको नतिजामात्र सार्वजनिक गरेको छ। नतिजाअनुसार रावलपिंडीबाट पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका उम्मेदवार मोहम्मद अदनान विजयी भएका छन्।

 हाल सम्म कुनै पनि स्थानकाे नतिजा सार्वजनिक गर्न नसकेकाेमा निर्वाचन अायाेगकाे अालाेचना हुन थालेकाे छ । अायाेगका प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले भने आलोचनाको खण्डन गर्दै प्राविधिक कारण नतिजा सार्वजनिकमा ढिलाई भएको बताए।

हालसम्मकाे मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले अग्रता हासिंल गरिरहेकाे छ । भने  दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ।

 

प्रकाशित: १० श्रावण २०७५ ०३:३२ बिहीबार

पाकिस्तानमा इमरान खानकाे पार्टी अग्रस्थानमा