अन्तर्राष्ट्रिय

सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु

सिरिया - सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो। घटनामा परि अन्य ३० जना घाईते भएका सिरियाको मानव अधिकार अनुगमनकर्ताले बताएको छ।

प्राप्त जानकारी अनुसार तीन जना आत्मघाती बम विष्फोटकर्ताले उक्त विष्फोट गराएका हुन्। विष्फोटको कसैले हालसम्म जिम्मेवारी लिइ नसकेको भएपनि इस्लामिक ईस्टेटले सो विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ।

सरकारी सेनाले केहि समयअघिमात्रै दक्षिणी क्षेत्रका अधिकांश ठाँउमा कब्जा जमाएपछि विद्राेहिहरुले अाक्रमणकाे सिलसिला जारी राखेका छन्।

 

प्रकाशित: ९ श्रावण २०७५ ०७:३२ बुधबार

सिरियामा अात्मघाती बम विष्फाेट कम्तिमा ३८ जनाकाे मृत्यु