अन्तर्राष्ट्रिय

मोदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत

फाइल फाेटाे : एजेन्सी

 नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदमा दर्ता भएकाे अविश्वासको प्रस्ताव  अस्वीकृत भएको छ।

लाेकसभामा अविश्वासकाे  प्रस्ताव निर्णयका लागि  पेश हुँदा  प्रस्तावकाे पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५ सांसदको समर्थन रह्याे।

भारतीय प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपश्चात मोदीविरुद्ध पहिलो पटक संसदमा अविश्वासकाे प्रस्ताव दर्ता  भएकाे थियाे।  प्रस्तावकाे फैसलाका लागि संसदमा मतदान नै गरिएको थियो।

प्रधानमन्त्री मोदीले संसदमा मुद्दाविहीन बनेकाे विपक्षीले अाफूमाथि अविश्वासकाे प्रस्ताव ल्याएकाे भन्दै विपक्षीको कडा आलोचना गरेका थिए। अविश्वासको प्रस्तावलाई लोकसभा अध्यक्ष सुमित्रा महाजनले स्वीकार गरेकी थिइन्।

प्रकाशित: ५ श्रावण २०७५ ०६:१२ शनिबार

मोदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत