अन्तर्राष्ट्रिय

मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। तेलगु देशम पार्टी (टिडिपी)ले विहीबार ल्याएको अविश्वासको प्रस्तावलाई लोकसभा अध्यक्ष सुमित्रा महाजनले स्वीकार गरेकी छिन्। उनले प्रस्तावमा शुक्रबार छलफलको समय छुट्याएकी छिन्। भोलि नै मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

(टिडिपी)ले ल्याएको अविश्वासको प्रस्तावलाई प्रमुख प्रतिपक्षी कांग्रेस आईसहित विपक्षी दलहरुले समर्थन जनाएका छन्। प्रस्ताव दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले प्रस्तावमा आफूहरुसँग आवश्यक संख्या रहेकी दाबी गरेकी छिन्।

प्रकाशित: ३ श्रावण २०७५ १६:१६ बिहीबार

मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता