अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

सोल- दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो। 

हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ। घाइतेको उपचार भइरहेको छ। 

प्रकाशित: १ श्रावण २०७५ १६:३६ मंगलबार

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना