नयाँ दिल्ली - भारतकाे झारखण्डमा एकै परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् ।
झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो। प्रहरीले उनीहरूकाे घरबाट ६ वटा सुसाइड नोट फेला पारेकाे बताएकाे छ।
६ वटै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको छ।
उनीहरूकाे धेरै रकम व्यवसायबाट घाटा लागेकाेले उनीहरूले अात्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानले फेला पारेकाे छ।
प्रकाशित: ३२ असार २०७५ ०३:४० सोमबार