अन्तर्राष्ट्रिय

मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु

मुम्बर्इ- भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्। 

जहाज खसेपछि बाटोमा हिँडिरहेका व्यक्तिको ज्यान गएको बताइएको छ। जहाजमा एकजना विमान चालक र तीनजना यात्रु परेका थिए। भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेको मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतङ्क मच्चिएको बताइएको छ। 

जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको पाइएको छ। जहाज दुर्घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित: १४ असार २०७५ १३:३४ बिहीबार

मुम्बर्इमा जहाज दुर्घटना हुँदा जनाको मृत्यु