अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।

उनीहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ। 

“तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने छौँ,” रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने। 

प्रकाशित: १३ असार २०७५ १६:०४ बुधबार

ट्रम्प पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत