अन्तर्राष्ट्रिय

टर्कीको राष्ट्रपतिमा एर्दोगान दोस्रो कार्यकालका लागि विजयी

तस्विर : एजेन्सी

 टर्की - टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।अर्दोगानले ५३ प्रतिशत मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत मात्र प्राप्त गरेको  टर्कीकाे निर्वाचन आयोगले जनाएको छ ।

अर्दोगानले आफ्नो पार्टी एके पार्टीको शासकीय गठबन्धनले संसद्मा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन् ।तर विपक्षीले उनको दाबी गलत भएको बताएको छ ।

टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकै साथ भएको थियो ।निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप खेपिरहेका अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ ।

 

प्रकाशित: ११ असार २०७५ ०३:१९ सोमबार

टर्कीको राष्ट्रपतिमा एर्दोगान दोस्रो कार्यकालका लागि