वासिंटन - संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले परिषद राजनीतिक पूर्वाग्रही भएकाे भन्दै संयुक्त वक्तव्य जारी गर्दै मानवअधिकार परिषदबाट अमेरिका बाहिरिएको घोषणा गरेका हुन् ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीले मानवअधिकार परिषद्ले भेनेजुएला र इरानमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा केही नबोलेको र कंगोजस्ता देशलाई नयाँ सदस्य दिएर परिषद्ले मानवअधिकारको पक्षमा वकालत गर्न नसुहाउने बताइन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि मानवअधिकार परिषद्का काममा पटक–पटक गम्भीर प्रश्न उठ्न थालेकाले संगठनको औचित्य नरहेको बताए ।
प्रकाशित: ६ असार २०७५ ०३:५७ बुधबार