अन्तर्राष्ट्रिय

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित : ट्रम्प

वासिङटन- अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ।

अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन्।कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भएको दुई दिनपछि ट्रम्पले सैन्य अभ्यास बन्द गर्ने निर्णय गरेका हुन्।

प्रकाशित: १ असार २०७५ ०३:१८ शुक्रबार

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित ट्रम्प