अन्तर्राष्ट्रिय

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

नर्वे - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि  मनोनयनमा परेका छन्।

गत मे १२ तारिकमा उत्तर कोरियाली नेता किम जोङ् उनसँग कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रीकरण गर्ने कुरामा सहमती गराएपछी ट्रम्प शान्ती पुरस्कारकालागी मनोनयनमा परेका हुन्। ट्रम्पलाई नर्वेको सत्तासीन प्रोग्रेस पार्टीका दुइ नेताहरुले मनोनयमा राखेका हुन्।

मनाेनयनमा परेपनि ट्रम्प यो वर्षको शान्ति पुरस्कारका लागि मनोनयको समयसीमा गत जनवरीमा नै सकिएकोले अर्को वर्षका लागि सिफारिस हुन सक्ने बताइएकाे छ। तर नोबेल शान्ति पुरस्कार समितिले भने यसै वर्ष ट्रम्पलाई सुचीमा राख्ने वा अर्को वर्षका लागि राख्ने भन्ने बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन्।

यस वर्षको शान्ति पुरस्कारका लागी ३ सय ३० जना मनोनयनको सूचीमा परेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७५ १४:०५ बिहीबार

ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार