अन्तर्राष्ट्रिय

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

सिंगापुर- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्। 

अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ। 

ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेछन्। 

उनीहरूबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ। 

सामूहिक भेटवार्तापछि उनीहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ। एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन्। त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन्। 

प्रकाशित: २८ जेष्ठ २०७५ १६:०९ सोमबार

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने