अन्तर्राष्ट्रिय

अफगानीस्तानमा आत्मघाती विष्फोट, १३ को मृत्यु

मृतकका आफन्तहरु। तस्विर : रोयटर्स

अफगानीस्तान-अफगानीस्तानमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाईते भएका छन्।

सोमबार भएको विष्फोट अफगानीस्तानको राजधानी काबुलमा रहेको एक मन्त्रालय नजिकै कामदारहरुलाइ लक्षित गरी गराइएको थियो। मारिनेमा उक्त मन्त्रालयमा काम गर्ने महिला, बालबालिका तथा अन्य पुरुष कामदारहरु रहेका आन्तरिक मन्त्रालयका प्रवक्ता नाजीब दानीसले बताए। घटनाको जिम्मेवारी ईस्लामिक स्टेटले लिएको छ। तालिवान विद्रोहिले शनिवार मात्रै तिन दिन युद्धविरामको घोषणा गरेको थियो। तर अफगान सरकारले भने तालिवान बाहेक अन्य आतंकवादी समुहसँग युद्ध जारी राख्ने निर्णय गरेको थियो।

काबुलमा ईस्लामिक स्टेट र तालिवानले लगातार जसो आक्रमण गरिरहेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७५ १४:३० सोमबार

अफगानीस्तानमा आत्मघाती विष्फोट १३ को मृत्यु