अन्तर्राष्ट्रिय

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे

तस्बिर : बीबीसी ।

सिंगापुर– उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर आइपुगेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ऐतिहासिक शिखर वार्ताका लागि किम आइतबार दिउँसो आइपुगेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किम र ट्रम्पबीच पहिलोपटक सिंगापुरको सेन्टोसा आइल्याण्डस्थित होटल क्यापेलामा यही मंगलबार (जुन १२)मा भेटवार्ता हुँदैछ। 

जी ७ बैठकमा सहभागी हुन क्यानडामा रहेका राष्ट्रपति ट्रम्प पनि आजै अपराह्न सिंगापुर आइपुग्ने कार्यक्रम छ।

यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। विश्वमा नै बडो महत्वका साथ हेरिएको वार्ताबाट कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ। 

यता किमले आजै सिङ्गापुरका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको सिङ्गापुरको विदेश मन्त्रालयले जनाएको छ। सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्पसँग सिङ्गापुरका राष्ट्रपतिको भेट हुनेछ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०८:३० आइतबार

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे