अन्तर्राष्ट्रिय

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनलाई  अमेरिका भ्रमणका लागि निमन्त्रणा दिने बताएका छन्।

अागामी जुन १२ मा सिंगापुरमा हुने एेतिहासिक भेटवार्ता फलदायी भएमा ट्रम्पले  किम जाेग उनलार्इ अमेरिकाकाे भ्रमणाकाे निम्ताे दिने बताएका हुन् ।

उनीहरूबीचकाे भेटवार्ता नै काेरियाली युद्ध अन्त्यका लागि  एक सम्झौता भएकाे  ट्रम्पले बताए। भेटवार्तापछि के हुन्छ भन्ने विषयले पनि महत्व राख्ने उनले उल्लेख गरे ।

 उत्तर कोरियाले परमाणु कार्यक्रम छाड्नुपर्ने अमेरिका लगायतका मुलुकहरूले बताउँदै आए पनि यो एक बैठकबाट सम्भव नहुने र यसका लागि लामाे समय लाग्न अमेरिकाले बताउँदै अाएकाे छ ।जापानी प्रधानमन्त्री आबेले भने आफ्ना केही नागरिकलाई बन्धक बनाएको विषयमा उत्तरकोरियासँग सिधा कुरा गर्न चाहेको बताएका छन् । उत्तर कोरियाले १९७० र १९८० को दशकमा थुप्रै जापानी नागरिकलाई अपहरण गरेको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०६:०६ शुक्रबार

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने