अन्तर्राष्ट्रिय

ट्रम्प-किम एेतिहासिक भेटवार्ता होटल क्यापेलामा हुने

तस्विर : एजेन्सी

वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीचकाे एेतिहासिक भेटवार्ता सिंगापुरको सेन्तोसा  आइल्याण्डस्थित होटल क्यापेलामा हुने निश्चित भएकाे छ ।

उनीहरूबीच १२ जुन बिहान ९ बजे भेटवार्ता  हुने भएकाे छ। उनीहरूबीचकाे भेटलार्इ  उच्च प्राथमिकतामा राखी सिंगापुर सरकारले भेटवार्ता हुने स्थानकाे सुरक्षा व्यवस्था कडा बनाएको छ। सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र किमको भेटवार्ताको बेला सुरक्षाका लागि सिंगापुर सरकारले गोर्खाली सेना खटाउन लागेको छ। ट्रम्प र उनले आ–आफ्ना सुरक्षाकर्मी लिएर आउने भएतापनि बाहिरी भागको सुरक्षाका लागि सिङ्गापुरले प्रहरीसँगै गोर्खाली सैनिक खटाउन लागेकाे बताएकाे छ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०५:४५ बुधबार

ट्रम्प-किम एेतिहासिक भेटवार्ता होटल क्यापेलामा हुने