अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

काबुल– आत्मघाती बम विष्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानको राजधानी काबुलमा जम्मा भएका मुस्लिम समुदायका मानिसहरुलाई लक्षित गरी सोमबार भएको विष्फोटमा दर्जनौ घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन्। विष्फोटका घटना अफगानिस्तानमा बढ्दै गर्दा सुरक्षा चुनौती थपिएको छ। विशेषगरी आउँदो अक्टोबर २० मा हुन गइरहेको संसदीय र जिल्ला परिषदको चुनावलाई लक्षित गर्दै विष्फोटका घटनाहरु बढ्दै गएका सुरक्षा अधिकारीले बताएका छन्। 

केही समययता भएका बम विष्फोटका घटनामा परी राजधानी काबुलमा मात्रै दर्जनौ सर्वसाधारणको ज्यान गएको छ। एक साता अघिमात्रै मतदाता नामावली संकलन केन्द्रमा भएको विष्फोटमा परी ६० जनाको मृत्यु भएको थियो भने एक सय भन्दा बढी घाइते भएका थिए। 

प्रकाशित: २१ जेष्ठ २०७५ १२:२४ सोमबार

काबुलमा आत्मघाती हमला कम्तीमा जनाको मृत्यु