अन्तर्राष्ट्रिय

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ट्यूनिसिया -  ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ।

ट्यूनिसियाको स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रवासी शरणार्थी चढेको डुंगा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरेको हाे।

प्रकाशित: २१ जेष्ठ २०७५ ०४:२५ सोमबार

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु