अन्तर्राष्ट्रिय

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

उडिसा- भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ। 

भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो। 

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो। 

अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैठौँ सफल परीक्षण हो। यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो। 

अग्नी श्रृङ्खलाकोे अग्नी–५ क्षेप्यास्त्र प्रणाली इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको मौलिक हतियार हो। 

प्रकाशित: २० जेष्ठ २०७५ १५:५६ आइतबार

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण