अन्तर्राष्ट्रिय

लिवियामा मानव तस्करहरुद्वारा १२ आप्रवासी मारिए

जनेभा – लिवियामा मानव तस्करहरुद्वारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन् । 

इथोपिया, सोमालिया लगायतका देशबाट भागेर ल्याइएका नागरिकलाई मानवतस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ। 

“अनुगमनकर्ताहरूका अनुसार भाग्न लागेका मानिसहरूलाई धमाधम गोली हानिएको थियो,” युएनएचसीआरका प्रवक्ता विलियम स्पीन्डलेरले भने। 

गत मे २३ तारिखका दिन लिवियाको राजधानी ट्रिपोली देखि १८० किलोमिटर टाढा पर्ने बानी वालिडमा घटना भएको बताइएको छ। 

“एक पछि अर्को यस्ता घटनाहरु सार्वजनिक भएपछि लिवियामा शरणार्थी सम्वन्धी चुनौती थप जटिल बनेको देखिएको छ,” स्पीन्डलेरले भने। 

लिवियाका स्थानीय अधिकारीहरूले १४० जनालाई मानव तस्करहरूको नियन्त्रणबाट भगाउन सफल भएका थिए। 

प्रकाशित: १८ जेष्ठ २०७५ १६:३१ शुक्रबार

लिवियामा मानव तस्करहरुद्वारा १२ आप्रवासी मारिए