अन्तर्राष्ट्रिय

रुसको संसदमा सम्बोधन गर्न मार्क जुकरबर्गलाई निम्ताे

मस्को- रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले जानकारी दिए।“हामीले उनलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उनको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भने।जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए।
 

प्रकाशित: १७ जेष्ठ २०७५ ०५:२९ बिहीबार

रुसको संसदमा सम्बोधन गर्न मार्क जुकरबर्गलाई निम्ताे